Thursday, May 24, 2018
Home > विचार/अन्तर्वार्ता > अब नेपालमा दुई पार्टी मात्र : ‘चीन पार्टी’ र ‘भारत पार्टी’

अब नेपालमा दुई पार्टी मात्र : ‘चीन पार्टी’ र ‘भारत पार्टी’

– राजेन्द्र काफ्ले

‘प्यार और जंग में सब कुछ जायज है’ हिन्दी भनाई नेपालीमा उल्था गर्दा भने ‘राजनीतिमा सबै कुरा जायज हुन्छ’ मा परिणत हुने गरेको छ । माया र लडाईंमा सबै कुरा जायज होस् वा नहोस् तर नेपालको राजनीतिमा सबै कुरा जायज छ, मान्य छ । केही दिन पहिलेसम्म पनि एकले अर्काको मुख हेर्न नचाहने दलका नेताहरु अहिले ‘हम साथ साथ हैं’ भने जस्तै कुममा कुम मिलाएर एउटै पार्टीको नारा जपिरहेका छन् । ‘प्यार और जंग में सब कुछ जायज है’ हिन्दी भनाई नेपालीमा उल्था गर्दा भने ‘राजनीतिमा सबै कुरा जायज हुन्छ’ मा परिणत हुने गरेको छ । माया र लडाईंमा सबै कुरा जायज होस् वा नहोस् तर नेपालको राजनीतिमा सबै कुरा जायज छ, मान्य छ । केही दिन पहिलेसम्म पनि एकले अर्काको मुख हेर्न नचाहने दलका नेताहरु अहिले ‘हम साथ साथ हैं’ भने जस्तै कुममा कुम मिलाएर एउटै पार्टीको नारा जपिरहेका छन् ।

बडादशैं मनाउनका लागि आ–आफ्ना घर पुगेका नेपाली जनताले दशैंका साथसाथै राम्रो समाचार पाए त्यो हो नेपालमा केवल दुई पार्टी बन्ने सम्भावना । तर त्यसले नेपालमा राजनीतिक स्थिरता ल्याउला वा अनन्तकालसम्म मुलुकलाई अस्थिरताको मार्गमा डो¥याउला अहिले नै भन्न सकिन्न । किनभने नेपाली राजनीतिको इतिहास नमिठो छ । २०४८ र २०५१ सालमा पनि नेपाली कांग्रेस र एमाले नै प्रमुख प्रतिस्पर्धी दल थिए । कांग्रेसले बहुमत पनि ल्यायो । तर के नेपालमा राजनीतिक स्थिरता आयो त ? उल्टो दुई दलबीचको सत्ताको छिनाझपटीले मुलुकलाई द्वन्द्वको भूमरीमा फसायो । आफ्नै दलको सरकार ढाल्न पछि नपर्ने सांसदहरु पनि रहेकै हुन् ।

असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले आगामी निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकीकरण गर्ने उद्घोष गरेका छन् । उनीहरुले अन्य स–साना कम्युनिष्ट पार्टीहरुलाई पनि मिसाएर एउटै कम्युनिष्ट पार्टी तयार गर्ने मार्गचित्र अगाडि सारेका छन् । त्यसको विरोधमा रहेकाहरु यो कार्यलाई चीनियाँ रणनीति बताइरहेका छन् । चीन आफैमा कम्युनिष्ट देश भएको र उसले सदैव नेपालमा कम्युनिष्टहरु मिलेर सत्ता चलाएको देख्न चाहने भएकाले पनि यसमा चीनियाँ चासो रहेको लोकतान्त्रिक पक्षधरहरुको आरोप छ ।
तीन दलबीचको सहमतिका लागि सरकारमै रहेका माओवादीका मन्त्रीले चीनसँग सम्पर्क साँधेको अपुष्ट समाचारहरु समेत आइरहेका छन् । त्यसै पनि नेपालमा कम्युनिष्टहरु मिलेको चीन बाहेक न त भारत न अमेरिका वा पश्चिमा मुलुकहरु, कोही चाहँदैनन् । त्यसैले पनि चिनियाँ रणनीति वा सहमति अनुसार यो सहमति भएको अनुमान लगाउन गाह्रो नपर्ला ।

[highlight bgcolor=”#dd3333″ txtcolor=”#ffffff”] भारत र चीनबीच भुटानको सीमानामा भएको ‘डोकलाम विवाद’ समाप्त भयो । अब ती दुई देशबीच ‘नेपाली राजनीति’ विवाद शुरु नहोला भन्न सकिन्न । [/highlight]

उता कम्युनिष्टहरुले ‘गला मिलाएको’ भोलिपल्टै आफूलाई लोकतन्त्रको पहरेदार सम्झने नेपाली कांग्रेसले पनि ‘काउन्टर अट्याक’ गरेको छ । उसले लोकतन्त्रवादी अन्य ६ दलहरुलाई मिलाएर गठबन्धन बनाउनका लागि कार्यदल समेत गठन गरेको छ । कम्युनिष्टहरु यसलाई प्रष्ट शब्दमा ‘भारतको इशारा’ मा भएको बताउन थालेका छन् । त्यसै पनि चीनले नेपालका कम्युनिष्टलाई सहयोग गर्ने बित्तिकै भारतले लोकतन्त्रवादीलाई सहयोग गर्ने नै गर्छ । नेपालमा लोकतन्त्र ल्याइदिने र टिकाइदिने पनि एक प्रकारले भारतले नै हो किनभने कुनै बेला चीन राजाको पक्षमा खुलेरै लागेको थियो ।

प्रष्ट छ पहिले भारत नेपालको राजनीतिमा खुलेरै अगाडि आउने गथ्र्यो । अब चीन समेत नेपालको राजनीतिमा खुलेर आउन थालेको छ । भारत र चीनबीच भुटानको सीमानामा भएको ‘डोकलाम विवाद’ समाप्त भयो । अब ती दुई देशबीच ‘नेपाली राजनीति’ विवाद शुरु नहोला भन्न सकिन्न ।

अन्त्यमा, नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक गरी केवल दुई पार्टी मात्रै बनेमा पनि मुलुकमा स्थायित्व आउने सम्भावना भने कमै छ । तर पनि नेपाली जनता ‘खयाली पुलाव’ पकाउन भने अवश्य सक्छन् । नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भयो भने त्यसको नाम जे राखे पनि त्यसलाई ‘चीन पार्टी’ भनेर चिनिनेछ । त्यसैगरी लोकतान्त्रिक पार्टीहरुबीच एकता भएर जे नाम राखे पनि त्यसलाई ‘भारत पार्टी’ भनेर नै चिनिनेछ ।

Leave a Reply