ehalkhabar http://www.ehalkhabar.com nepal news portal pradhesh ko samachar Tue, 24 Apr 2018 03:44:33 +0000 en-US hourly 1 https://wordpress.org/?v=4.9.5 https://i0.wp.com/www.ehalkhabar.com/wp-content/uploads/2018/04/cropped-ico.png?fit=32%2C32 ehalkhabar http://www.ehalkhabar.com 32 32 144885915 प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव http://www.ehalkhabar.com/2018/04/24/03/44/33/ http://www.ehalkhabar.com/2018/04/24/03/44/33/#respond Tue, 24 Apr 2018 03:44:33 +0000 http://www.ehalkhabar.com/?p=9321 पर्वत, ११ वैशाख । प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।

सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।

प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ ।

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ । त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।

सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् । नेकपा ९एमाले०का जिल्ला उपाध्यक्ष भक्त कुँवर, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल, नेकपा ९माओवादी केन्द्र०का शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिनुभएको थियो ।

त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताउनुभएको छ ।

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले धेरै व्यक्तिका फरकफरक खालका सोचका आधारमा सुझाव दिनुभन्दा पनि एउटै साझा नाम मानेर पठाउँदा राम्रो हुने सुझाव दिनुभएको थियो । उहाँले जुन नाम ११ वटै जिल्लाका नागरिकका लागि उपयुक्त हुन्छ त्यस्तो नामबाट नामाकरण हुनुपर्ने सुझावसमेत दिनुभएको छ ।

धेरै जिल्लाबाट धेरै किसिमका नाम राख्न सुझाव आउने र मुख्य मुख्य दुई÷तीनवटा नामलाई बहुमतका आधारमा टुंगो लगाउँदा उचित हुने सुझाव समेत सहभागीले दिएका थिए ।रासस

]]>
http://www.ehalkhabar.com/2018/04/24/03/44/33/feed/ 0 9321
अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिएला नेपाल ? http://www.ehalkhabar.com/2018/04/24/03/24/38/ http://www.ehalkhabar.com/2018/04/24/03/24/38/#respond Tue, 24 Apr 2018 03:24:38 +0000 http://www.ehalkhabar.com/?p=9318 काठमाडौं, ११ बैशाख। मुलुकभित्रै रेलमार्ग निर्माणलाई तीव्रता दिन र बलियो कूटनीतिक पहल गर्न नसके ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्य भएर पनि ‘अन्तर्राष्ट्रिय रेल सञ्जाल’ मा जोडिनबाट नेपाल वञ्चित हुने देखिएको छ । यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन्।
युरोप र एसिया जोड्ने रेल सञ्जालमा गाँसिएर फाइदा लिन नेपालले पूर्व–पश्चिम रेलमार्ग निर्माणलाई तीव्रता दिनुपर्ने हुन्छ । आन्तरिक रूपमा मात्रै रेल चलाएर उपलब्धि हासिल गर्न सहज नभएकाले गड्डाचौकी–काँकडभिट्टा रेलमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर अघि बढाउन रेल विभागले सुझाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएपछि व्यापार सहज हुने भएकाले पनि त्यसभित्र पर्न नेपालले बलियो ‘लबिइङ’ गर्नुपर्ने कूटनीतिक अधिकारीहरू बताउँछन् ।
बंगलादेशबाट भारतको पानीट्यांकी हुँदै काँकडभिट्टा जोड्ने र त्यहाँबाट पूर्वपश्चिम मार्ग हुँदै गड्डाचौकी निकाल्न सकिने अन्तर्राष्ट्रिय रेलमार्गलाई अहिले बंगलादेशबाट कोलकाता पुर्‍याउन अन्तर्राष्ट्रिय लबिइङ भइरहेको अध्ययनरत अधिकारीहरूको दाबी छ ।
तर नेपालले आफ्नो हितअनुकूल कूटनीतिक कौशल देखाउन सके यो मार्गलाई नेपाल हुँदै पुनस् भारत पुर्‍याउन सकिन्छ । नेपाल अन्तर्राष्ट्रिय सञ्जालमा जोडिए उत्तर–दक्षिणका छिमेकी स्वतस् त्यसमा जोडिन्छन् । नेपालले राम्रोसँग काम गरे सन् २०३० भित्र बनाइसक्ने लक्ष्य रहेको रेल सञ्जालमा गाँसिनसक्ने कूटनीतिज्ञहरूको दाबी छ ।
१४ हजार ३ सय २० किमिको रेल लिंकमा जोडिएमा छिमेकीसँग मात्र होइन, एकैपटक अन्य एसियाली मुलुक हुँदै युरोपसम्म नेपालको पहुँच पुग्नेछ । अन्तर्राष्ट्रिय रेल सञ्जाल चीनको सेन्जेन तथा सिंगापुरबाट यो क्षेत्र हुँदै इस्तानबुलसम्म जोडिन्छ । नेपालजस्तो पर्यटकीय गन्तव्य मुलुकका लागि यो सञ्जालले निकै महत्त्व राख्छ ।
राष्ट्रसंघीय अवधारणामा रहेको ‘ट्रान्स एसियन नेटवर्क २०११’ लाई नेपालले अध्ययन गर्न आवश्यक रहेको विभागका अधिकारीहरू बताउँछन् । अन्तर्राष्ट्रिय सञ्जालमा नजोडिने हो भने चीन वा भारतसँग मात्रै जोडिनुको खासै अर्थ नहुने रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले बताए ।
‘२१ औं शताब्दीको गतिशील एवं समृद्ध मुलुकका रूपमा स्थापित हुन नेपालले रेलमार्गको अवधारणा विकास गर्न सक्नुपर्छ,’ उनले कान्तिपुरसँग भने, ‘सबल यातायात प्रणालीको विकास आजको आवश्यकता हो ।’
नेपालमा रेलमार्ग निर्माण गर्न छिमेकी चीनले चासो दिएसँगै अर्को छिमेकी भारतले समेत यसलाई प्राथमिकतामा राखेको छ । चीनले केरुङसम्म रेल ल्याउने भएपछि भारतले पनि काठमाडौंसम्म रेल सञ्जालले जोड्न अध्ययन थालेको हो । नेपालको राजनीति र विकासमा चासो राख्ने दुवै छिमेकी अहिले रेलमार्ग जोड्ने दाउमा लागेका छन् ।
चीनले सन् २०२२ सम्म नेपाली सीमानजिकै केरुङसम्म रेल ल्याउने बताएको छ । केरुङ नेपालको रसुवागढी सीमाबाट २३ किलोमिटर माथि रहेको तिब्बती उपत्यका हो । चीनले केरुङ ल्याउन लागेको रेललाई लुम्बिनीसम्म जोड्न दुई वर्षअघि नै पहिलोपटक प्रधानमन्त्री बन्दा केपी ओलीले चिनियाँ प्रधानमन्त्री ली छयाङलाई औपचारिक आग्रह गरेको र अहिले उनकै परराष्ट्रमन्त्रीले अनुदानमा बनाइदिन आग्रह गरेपछि यसमा सम्भावना बढेको छ ।
केरुङ–काठमाडौं रेलमार्ग सामान्यभन्दा २० गुणा महँगो पर्ने भए पनि अन्तर्राष्ट्रिय सञ्जालमा चीनले नेपाललाई समेत समेटेर अघि बढ्ने योभन्दा अर्को विकल्प देखेको छैन । हिमाली भूभाग र भूकम्पीय जोखिम क्षेत्र पार गर्दै निकै होचो क्षेत्रमा झर्नुपर्ने हुनाले चिनियाँ रेलले धेरै अप्ठेरा सामना गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
यता भारतले नेपालको राजधानी काठमाडौंसम्म रेल जोड्ने भन्दै बजेट नै छुट्याएर काम गरिरहेको छ । भारतको बरहनीबाट काठमाडौं जोडिने ३ सय ५९ किलोमिटर रेलको अध्ययनका लागि बजेट छुट्याएको थियो । भारतले वीरन्गज–काठमाडौं रेल जोड्ने प्रतिबद्धता पनि जनाइसकेको छ ।
अहिले नेपालमा जम्मा आठ सय मिटर रेल चल्छ । त्यो पनि भारतबाट आउने मालवाहक रेल हो । निर्माणाधीन बर्दिबास–जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । ७० किलोमिटर लामो यो रेलमार्ग सञ्चालनमा आउनेबित्तिकै नेपालमा आधुनिक रेल सञ्चालन सुरु हुनेछ ।

]]>
http://www.ehalkhabar.com/2018/04/24/03/24/38/feed/ 0 9318
नेपालका बुद्धिजीवीहरुमाथि प्रधानमन्त्री ओलीको तीखो प्रहार बुद्धिजीवी मुसा जस्तै http://www.ehalkhabar.com/2018/04/24/03/18/06/ http://www.ehalkhabar.com/2018/04/24/03/18/06/#respond Tue, 24 Apr 2018 03:18:06 +0000 http://www.ehalkhabar.com/?p=9315 काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले बुद्धिजीवीहरुमाथि तीखो प्रहार गरेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
प्रधानमन्त्री ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे। ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ। मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्’ ओलीले भने, ‘मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई ‘महेन्द्र ताल’ भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले।’
देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाएका खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ। ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु’ ओलीले भने, ‘विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन्रु’
ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देशविरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए। ‘नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ। ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन’ ओलीले भने, ‘नेपालका बुद्धिजीवी त देशैविरुद्ध दाँतमा धार लाउँछन्, विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ।’

]]>
http://www.ehalkhabar.com/2018/04/24/03/18/06/feed/ 0 9315
राजा प्रताप मल्लको प्रतिमा हनुमानढोकामा पुनः स्थापित http://www.ehalkhabar.com/2018/04/24/03/04/23/ http://www.ehalkhabar.com/2018/04/24/03/04/23/#respond Tue, 24 Apr 2018 03:04:23 +0000 http://www.ehalkhabar.com/?p=9312 काठमाडौं, ११ बैशाख । राजा प्रताप मल्लको प्रतिमा (शालिक) आज हनुमानढोका दरवार अगाडि पुनः स्थापित गरिने भएको छ। तीन बर्षअगाडिको भूकम्पबाट क्षतिग्रस्त भएपछि सो प्रतिमा त्यत्तिकै थन्क्याएर राखिएको थियो।
हनुमानढोका दरबार हेरचाह अड्डा बिकास समितिले क्षतिग्रस्त प्रतिमालाई मर्मत गरी पुनस्थापना गर्न लागेको हो। शालिक पुनस्थापना भोलि विहान ११ बजे गरिने कार्यक्रम तय भएको छ।
सुनको मोलम्बा (जलप) लगाइएको राजा प्रताप मल्लको प्रतिमा ३ सय ५० बर्षअघि बिसं १७२७ भाद्रमा बसन्तपुर दरवार अगाडि अग्लो स्तम्भमाथि राखिएको थियो। तर, १२ बैशाख २०७२ को भूकम्पबाट सो प्रतिमा भुइँमा झरेपछि त्यत्तिकै थन्क्याइएको थियो।
खासमा हनुमानढोका दरवारको निर्माण पनि राजा प्रताप मल्लले नै गरेका हुन्। तर जयप्रकाश मल्लको पालामा पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेर आडैमा ९ तले दरवार स्थापना गरेपछि त्यो बसन्तपुर दरवारको नामले चिनि थालेको हो।

]]>
http://www.ehalkhabar.com/2018/04/24/03/04/23/feed/ 0 9312
प्रचारप्रसारको फरक शैली, प्रियंका र सञ्जय रथमा शहर घुमे http://www.ehalkhabar.com/2018/04/24/02/50/16/ http://www.ehalkhabar.com/2018/04/24/02/50/16/#respond Tue, 24 Apr 2018 02:50:16 +0000 http://www.ehalkhabar.com/?p=9309 काठमाडौं, ११ बैशाख । फिल्म रिलिज हुनुअगाडि दर्शक हलसम्म ल्याउनका लागि प्रचारप्रसारमा अनेक उपाय अपनाइन्छ। चलचित्र‘ह्याप्पी डेज’ ले पनि यस्तै फरक शैली अपनाएको छ।त्यसका लागि ‘ह्याप्पी डेज’को टिमले कलाकारलाई बग्गीमा चढाएर सहर घुमाएको हो।
अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर सहर घुमेका हुन्।उनीहरुलाई ललितपूर र काठमाडौँको विभिन्न स्थान घुमाइएको हो।लगनखेलबाट सुरु भएको रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डप सम्म थियो ।
चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता अभिनित चलचित्र ‘ह्याप्पी डेज’ अप्रिल २७ मा रिलिज हुँदैछ।सञ्जय र प्रियंकाका अलावा दयाहाङ राई,शिशिर राणा,दिया पुन, विक्की जोशी आदिको अभिनय रहेको छ। चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने निर्माण वीपि खनालको रहेको छ।

]]>
http://www.ehalkhabar.com/2018/04/24/02/50/16/feed/ 0 9309
बैशाख ११ गते मंगलबार तपाईको राशिफल (२०७५–०१–११) गणेश भगवानको दर्शन गरौँ (ऊ.गणेशाय नम :) http://www.ehalkhabar.com/2018/04/24/02/26/10/ http://www.ehalkhabar.com/2018/04/24/02/26/10/#respond Tue, 24 Apr 2018 02:26:10 +0000 http://www.ehalkhabar.com/?p=9307 मेष : स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ ।

बृष : नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ ।

मिथुन : कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ ।

कर्कट : लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।

सिंह : मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ साँझ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन ।

कन्या:  यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा ,व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ ।

तुला : आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

बृश्चिक : धार्मिक,सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ ।

धनु :तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

मकर : घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ ।

कुम्भ : वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ ।

मीन : ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ ।

]]>
http://www.ehalkhabar.com/2018/04/24/02/26/10/feed/ 0 9307
लोकतन्त्र दिवसः गणतन्त्रको जग, लोकतन्त्र दिवस मनाउनुको मुख्य कारणहरु यस्तो छ http://www.ehalkhabar.com/2018/04/24/01/56/24/ http://www.ehalkhabar.com/2018/04/24/01/56/24/#respond Tue, 24 Apr 2018 01:56:24 +0000 http://www.ehalkhabar.com/?p=9304 काठमाडौँ, ११ वैशाख । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।

विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । कसैले यसलाई नेपाली म्याग्नाकार्टा पनि भने ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ । सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।रासस

]]>
http://www.ehalkhabar.com/2018/04/24/01/56/24/feed/ 0 9304
विधान परिमार्जन गरी काँग्रेस सुदृढीकरण गर्नुपर्नेमा जोड http://www.ehalkhabar.com/2018/04/23/15/40/15/ http://www.ehalkhabar.com/2018/04/23/15/40/15/#respond Mon, 23 Apr 2018 15:40:15 +0000 http://www.ehalkhabar.com/?p=9301 काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोपप्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव दिनुभयो ।

केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ अपेक्षित सिट ल्याउन नसकेपनि लोकप्रिय मतका आधारमा काँग्रेस पहिलो पार्टी नै रहेको बताउँदै निर्वाचनमा ठूलो पराजय भयो भनेर आत्तिनुभन्दा पार्टीलाई आगामी दिनमा सशक्त बनाई अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनमा दुई ठूला कम्युनिष्ट दल एक भएर चुनाव लडेका कारण काँग्रेसले प्रत्यक्षतर्फ कम सिट ल्याएपनि समानुपातिकतर्फ अपेक्षित परिणाम नै प्राप्त गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य विश्वकर्माले विधान परिमार्जन गरी पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आगामी दिनमा काँग्रेस एक ढिक्का भई वर्तमान सरकारका गलत कदमविरुद्ध सशक्त प्रतिपक्षका रुपमा उभिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य रत्न शेरचनले वाम दलबीचको गठबन्धन, पार्टीमा भएका कमीकमजोरी नसच्याउनु, टिकट वितरण गर्दा पार्टीमा योगदान दिएका भन्दा आफ्ना मान्छेलाई प्राथमिकतामा राख्नु, मनोनयनको अघिल्लो दिनसम्म पनि टिकटको टुंगो नलाग्नुलगायत कारणले पार्टी पराजय भएको बताउनुभयो ।

आगामी दिनमा विधान परिमार्जन गरी संविधानअनुसार पार्टीको संरचना बनाउनुपर्ने सुझाव दिदैं उहाँले केन्द्रीय समिति बैठकमा आएका सुझावलाई आगामी दिनमा कार्यान्वयन गरी पार्टी सुधार गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरे पनि मुलुकमा सबै ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेकाले पार्टीको साख राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उच्च रहेको धारणा व्यक्त गर्नुभयो ।
निर्वाचनका बेला लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन भित्रभित्रै कम्युनिष्ट पार्टी र मधेसवादी दलबीच समेत चुनावी गठबन्धन भएको उल्लेख गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता सिद्धान्त लिएर स्थापना भएकाले काँग्रेसले नै मुलुकमा लोकतन्त्र संस्थागत गर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य चौरसियाले काँग्रेसको नेतृत्वमा भएका राम्रा काम जनतासमक्ष पु¥याउन नसक्नु पार्टीको कमजोरी भएको उल्लेख गर्दै पार्टीभित्रको अन्र्तघात पनि पराजयको कारण भएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य सुजाता परियारले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास भएकाले पार्टीका क्रियाकलाप र निर्वाचनको परिणामका बारेमा जसअपजस सिंगो पार्टीले लिनुपर्ने बताउँदै चुनावको बेला टिकट वितरण गर्दा कुनै प्रतिक्रिया नजनाउने नेताहरुले निर्वाचन परिणामपछि पार्टी सभापतिमाथि मात्रै दोष थोपार्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।
पार्टीले प्रत्यक्षतर्फ पराजित व्यहोरेपनि समानुपातिक निर्वाचन तर्फ कम मत नआएको उल्लेख गर्दै काँग्रेसले आफू चुनावमा हारेर भए पनि संविधान कार्यान्वयनका लागि सबै प्रकारका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर इतिहास रचेको बताउनुभयो ।

नेतृत्वमा आरोपप्रत्यारोप हुँदा कार्यकर्तामा निराशा हुने बताउँदै केन्द्रीय सदस्य परियारले पार्टीको विधानलाई समय सापेक्ष परिमार्जन गरी नयाँ संरचनाअनुसार सुदृढीरणको आवश्यकता औँल्याउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, चन्द्र भण्डारी, कमला पन्त, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित र आमन्त्रित सदस्य आनन्द ९गोरख० विष्टले निर्वाचन समीक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक मंगलबार बिहान ८ः३० बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस,
–भीष्मराज ओझा

]]>
http://www.ehalkhabar.com/2018/04/23/15/40/15/feed/ 0 9301
आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन http://www.ehalkhabar.com/2018/04/23/15/24/54/ http://www.ehalkhabar.com/2018/04/23/15/24/54/#respond Mon, 23 Apr 2018 15:24:54 +0000 http://www.ehalkhabar.com/?p=9297 भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिनुभएको हो ।

शनिबार साँझ चार जनाका समूहमा आएका व्यक्तिको आक्रमणमा परी घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घटनाबारे जानकारी लिदैं मन्त्री पोखरेलले आक्रमण हुदाँको दृश्य मोबाइल र सिसी क्यामराको माध्यमबाट हेरर आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि घटना भएको ४८ घन्टासम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रीलाई भेटेर यसबारे जानकारी गराउने समेत बताउनुभयो ।

यसैगरी आजै साँझ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रमुख श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनुभयो ।

संघीय मामिला तथा स्थानीय विकाश मन्त्री लालबाबु पण्डित नेपाल कोरिया अस्पतालमा उपचाररत अपरिचित व्यक्तिको सांघातिक आक्रमणबाट घाइते हुनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ संग कुराकानी गर्नुहुँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

यसैगरी आजै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र लगायतले नगर प्रमुख श्रेष्ठलाई अस्पतालमा आएर भेटी उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो ।रासस

]]>
http://www.ehalkhabar.com/2018/04/23/15/24/54/feed/ 0 9297
प्रहरीबाटै किन भयो एसिड प्रहार ? प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन http://www.ehalkhabar.com/2018/04/23/15/10/18/ http://www.ehalkhabar.com/2018/04/23/15/10/18/#respond Mon, 23 Apr 2018 15:10:18 +0000 http://www.ehalkhabar.com/?p=9294 चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।

खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गर्नुभएको थियो ।

अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

“यो दुःखद घटना घटेको हो,” उहाँले भन्नुभयो, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।”

गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताउनुभयो ।

सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताउनुभयो ।रासस

]]>
http://www.ehalkhabar.com/2018/04/23/15/10/18/feed/ 0 9294