Tuesday, April 24, 2018
Home > आर्थिक > पञ्चकन्या हाइड्रोपावरको शेयर आउँदै

पञ्चकन्या हाइड्रोपावरको शेयर आउँदै

पुस ३० । पञ्चकन्या हाइड्रोपावर लिमिटेडले ११ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई माघ ५ गतेदेखि निष्कासन गर्ने भएको छ ।

माघ १९ गतेसम्म आवेदन माग गरिएको सो शेयर न्यूनतम २० कित्ता र अधिकतम पाँच हजार पाँच कित्तासम्म भर्न पाइनेछ ।

सन्दकपुर गाउँपालिकाका बासिन्दालाई ६ लाख ६ हजार कित्ता र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख कित्ता वितरण गरिनेछ । सो शेयर ३ वर्षसम्म बिक्री वितरण गर्न पाइनेछैन ।

स्थानीय बासिन्दालाई शेयर निष्कासन गरेको केही समयपछि सर्वसाधारणलाई पनि शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply