Tuesday, April 24, 2018
Home > राष्ट्रिय > ब्ल्याङकेटर न्यानो लुगा मुसलमान र मुसहर बस्तीमा वितरण

ब्ल्याङकेटर न्यानो लुगा मुसलमान र मुसहर बस्तीमा वितरण

सर्लाही २९ पुस । विगत केही दिनदेखि बढे्को अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएको सर्लाहीका विभिन्न स्थानका मुसलमान र मुसहर
बस्तीमा जोईन हेन्डस हेटौडा र शिक्षाबाट कोहि बन्चित नहुन दुइ सस्थाद्धारा आज ब्ल्याङकेट र न्यानो लुगा वितरण गरेको छ ।

यी दुइ सस्थाद्धारा हरिवन नगरपालिका–११ को मुसलमान बस्तीमा र हरिपुर नगरपालिका–२ मारहेको मुसहर बस्तीमा ब्ल्याङकेट र न्यानो लुगा वितरण गरेको हो ।

सर्लाहीमा रहेको मुसलमान बस्तीमा ९ थान ब्ल्याङकेट र न्यानो लुगा साथैे मुसहर बस्तीमा १५ थान ब्ल्याङकेट र न्यानो लुगा वितरण गरेको जोईन हेन्डस हेटौडासस्थाका अध्यक्ष मनिस कुमार मुकतानले जानकारी दिनुभयो ।

तराईमा अत्याधिक रुपमा बढ्दै गएको शीतलहर एवं बाकलो हुसुलेगर्दा बालबालिकालाई पढाइप्रति उत्प्रेरणा गराउन शिक्षाबाट कोहि बन्चित नहुन भन्ने सस्थाले १०० जना बालबालिकालाई आज न्यानो लुगा वितरण गरेको सो सस्थाका अध्यक्ष सुमित भन्डारीले जानकारी दिनुभयो ।

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा ब्ल्याङकेट र न्यानो लुगा वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको भन्दै मुसलमान र मुसहर समुदाय व्यक्तिले जोईन हेन्डस हेटौडा र शिक्षाबाट कोहि बन्चित नहुन यी दुइ सस्था प्रति आभार प्रकट गर्नुभयो ।

 

 

Leave a Reply