Tuesday, April 24, 2018
Home > शिक्षा/स्वास्थ्य > ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं

ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं

मानिसलाई सुन्दर देखाउने महत्वपूर्ण अंग ओठ पनि एक हो । मान्छेको अनुहारमा भएका अन्य भाग राम्रो भए पनि ओठ कुरुप छ भने त्यसलाई सुन्दर भन्न मिल्दैन, अथवा सुन्दरतामा निखार ल्याउने प्रमुख अंग ओठ लाई नै मानिन्छ । धेरैजसो महिला र पुरुषहरुले ओठको कालोपनको समस्या भोगिरहेको बताउँछन् ।

ओठको कालोपन लुकाउन महिला र पुरुषहरुले बिभिन्न उपाएअपनाउले गरेको पाईनछ जस्तै लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्छन ।
तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नसकेको पाइदैन उल्टो झन् बढेर जान्छ । ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं ।

ओठको कालोपन हटाउन चुकन्दर निकै नै उपयोगी फल हो । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाफी र चम्किलो हुन्छ र ओठको कालोपन हटेरजान्छ ।

दुधको तर पनि ओठको लागि निकै फाइदाजनक छ । यसले ओठको सुक्खापन हटाउनुका साथै कालोपन पनि कम गर्छ । दूधको तर प्रयोगगदा तेसमा थोरै बेसारको धुलो मिसाएर नियमित रूपले राती सुत्ने बेला ओठमा लगाएर बिस्तारै बिस्तारै मसाज गनुपर्छ ।

यस्तो घरेलु उपायले तपाईंआफ्नो ओठलाई सुन्दर, मुलायम र गुलाफी भएको पाउनु हुनेछ ।

गुलाफको फूल पनि ओठको कालोपन हटाउनका लागि प्रयोग गन् सकिन्छ । यसको नियमित प्रयोगले ओठको रंग हल्का गुलाफी र चम्किलो हुन्छ ।साथै तपाईंले गुलाफको फूलको पेस्टमा थोरै मात्रामा ग्लिसिरिन मिसाएर पनि लगाउन सकिन्छ ।ओठको कालोपन हटाउनका लागि गुलाफको फुल एक उत्तम उपाय हो ।

कागतीले ओठको कालोपन हटाउकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । रस निकालेको कागतीको बोक्रालाई ओठमा बिहान र साँझ ओठमा बिस्तारै रग्टेर प्रयोग गर्न सकिन्छ । कागतीको बोक्राले ओठको मसाज पनि गर्दा हुन्छ ।

ओठमा महको लेप लगाउँदा कालोपनबाट छुट्कारा पाउन सकिन्छ । त्यसका लागि थोरै मह लिएर विस्तारै–विस्तारै ओठमा मसाज गर्नु पर्छ । एक हप्तासम्म नियमित प्रयोग गर्नाले ओठलाई सुन्दर र चम्किलो बनाउन सकिन्छ ।

Leave a Reply