Tuesday, April 24, 2018
Home > मुख्य समाचार > माओवादीका मन्त्रीहरुले राजीनामा दिए

माओवादीका मन्त्रीहरुले राजीनामा दिए

पुस २८ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनामा बुुझाएको बताएका हुन् ।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए । माओवादीका मन्त्रीहरु करिब ३ महिनासम्म विना विभागीय नै बनेर सरकारमा बसे ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शिवकुमार मण्डल, आशा खनाल र सन्त कुमार थारु मन्त्रीका रुपमा सहभागी थिए । त्यस्तै सात राज्यमन्त्री समेत थिए ।

Leave a Reply