Tuesday, April 24, 2018
Home > मुख्य समाचार > १२ वर्षपछि ‘राष्ट्रवाद’ ले जित्यो : पृथ्वी नारायण शाहलाई ‘तानाशाह’ भन्नेहरुलाई गतिलो झापड !

१२ वर्षपछि ‘राष्ट्रवाद’ ले जित्यो : पृथ्वी नारायण शाहलाई ‘तानाशाह’ भन्नेहरुलाई गतिलो झापड !

पुस २७ । ‘श्री ५ बडामहाराजाधिराज’ को उपाधि पाएका पृथ्वी नारायण शाहको १२ वर्षपछि जन्मजयन्ती मनाउन थालिएको छ । गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले आज बडामहाराजाधिराजको शालीकमा फूलमाला पहिर्याउँदै इतिहासका महापुरुषप्रति सम्मान प्रकट गरिन् ।

२०६२÷०६३ सालको जनआन्दोलनपछि विभिन्न सयौं टुक्रामा विभाजित रहेको नेपाललाई एकीकरण गरी ‘नेपाल’ नाम राखेका पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाउन छाडिएको थियो । कतिपयले त्यसलाई ‘सौताको रिसले पोइको काखमा पिसाब फेर्नु’ जस्तो भएको भन्दै नेपालको इतिहासलाई मेट्ने हर्कतको रुपमा कटु आलोचना गर्दै आएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीबाट बाहिर फालेपछि नेपालको इतिहासलाई नै गाली गर्नेहरुको हौसला बढ्यो । पृथ्वी नारायण शाहले हजारौंलाई मारेर खसवादी राज्य निर्माण गरेको भन्दै उनलाई ‘राष्ट्र निर्माता’ को सट्टा ‘तानाशाही’ को उपाधि दिन खोजियो ।

करिब डेढ महिना अघि मात्रै देउवा सरकारले क्रिसमस लगायतका पर्वमा बिदा दिने निर्णयसँगै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरे पछि १२ वर्षपछि खोलो फर्केको हो ।

Leave a Reply