Tuesday, April 24, 2018
Home > आर्थिक > भारतीय नाकाबन्दीको प्रभाव : चीनियाँ इन्टरनेट नेपालमा

भारतीय नाकाबन्दीको प्रभाव : चीनियाँ इन्टरनेट नेपालमा

पुस २६ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिए पछि नेपाल चीनको इन्टरनेट सञ्जालमा जोडिएको छ । भारतीय एकाधिकार रहेको नेपालको इन्टरनेटमा भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण चीन प्रवेश गरेको हो ।

इन्टरनेटमा जोडिने भाका पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा शुक्रबार यो नेटवर्कको औपचारिक उद्घाटन गर्नेछन् ।

रसुवागढी नाका भएर चीनबाट नेपालमा इन्टरनेट भित्रिने भएको हो । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको छ । चीनले टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

Leave a Reply