Tuesday, April 24, 2018
Home > आर्थिक > बुटवलदेखि पाल्पासम्म केवलकार सञ्चालन हुने : सिद्धबाबाको पहिरोबाट मुक्ति मिल्ला ?

बुटवलदेखि पाल्पासम्म केवलकार सञ्चालन हुने : सिद्धबाबाको पहिरोबाट मुक्ति मिल्ला ?

पुस २४ । आगामी २ वर्षभित्र बुटवलदेखि पाल्पासम्म केवलकार सञ्चालन हुने भएको छ । बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालनका लागि सिद्धार्थ केवलकार कम्पनी लागि परेको छ ।

करिब १ अर्ब लागतमा सञ्चालन गर्न लागिएको सो केवलकार २ किलोमिटर लामो हुने बताइएको छ । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

वर्षौंदेखि पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने बुटवलको सिद्धबाबास्थित सडकमा पहिरोका कारण सो सडकमा यात्रा गर्ने यात्रुहरुले सास्ती झेलिरहनु परेको छ भने सयौं व्यक्तिहरु दुर्घटनाका कारण मरेका छन् । केवलकार सञ्चालनपछि सो सडकमा यात्रा गर्ने यात्रुहरुले सिद्धबाबा पहिरोको सामना गर्नु पर्ने नपर्ने बारेमा भने कम्पनीले केही बताएको छैन ।

Leave a Reply