Tuesday, April 24, 2018
Home > राष्ट्रिय > थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने

 

दाङ २३ पुस । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
सोअनुसार थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन हुनेछ भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।रासस

Leave a Reply