Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय > ५ लाख भारतीय अमेरिकाबाट लखेटिँदै !

५ लाख भारतीय अमेरिकाबाट लखेटिँदै !

पुस २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलले दक्ष विदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रीनकार्ड दिने व्यवस्था हटाउने भएका छन् । यसबाट करिब ५ लाख भारतीयहरु अमेरिकाबाट लखेटिने भएका हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ ।

उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो । ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ ।

Leave a Reply