Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय > आश्चर्य ! यसरी सम्भव भयो सबै चिनियाँमाथि चीन सरकारको निगरानी !

आश्चर्य ! यसरी सम्भव भयो सबै चिनियाँमाथि चीन सरकारको निगरानी !

पुस १८ । चीन सरकारले १७ करोड यस्ता क्यामेरा लगाएको छ, जो आर्टिफिशियल इन्टेलिजेन्ट टेक्नोलोजीमार्फत कुुनै व्यक्तिको अनुुहार, उमेर तथा लिङ्गको पहिचान गर्नमा माहिर छन् । आउँदो तीन वर्षमा यस्ता अझै ४० करोड क्यामेरा लगाउने प्रोजेक्टमा काम चलिरहेको छ । यी क्यामेरा चीन सरकारको महत्वाकांक्ष्ी प्रोजेक्ट ‘सोसल क्रेडिट सिस्टम’ को लागि लगाइएको हो ।

जसको कारण चीनमा रहने हरेक व्यक्तिमाथि चीन सरकारलाई जानकारी हुनेछ साथै सम्पूर्ण सरकारी एजेन्सीहरुले प्रत्येक व्यक्तिको विशेष खालको रेटिङ पनि रहनेछ । सन् २०१४ मा चीनको स्टेट काउन्सिलले सोसल क्रेडिट सिस्टमको बारेमा जानकारी गराएको थियो । २०२० सम्ममा यो चीनका १३० करोड मानिसमा लागूू गरिनेछ ।

चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार यो एक स्कोरिङ सिस्टम जस्तै हो । यसमा प्रत्येक नागरिकको उसको राम्रो तथा नराम्रो कामको लागि स्कोर लिइन्छ । यो स्कोर सरकारी एजेन्सीहरुमार्फत पुुलिस, कोर्ट, बैंक, टैक्स रिटर्नको आथै शिक्षा, नोकरी ट्राभल तथा सोसल मिडियामा तपाईंको व्यक्तिगत व्यवहारको लागि पनि दिइनेछ ।

यसले चीनको नेशनल डेटा बैंकमा मौजूूद तपाईंसँग सम्बन्धित जानकारी बटुल्नेछ । यो जानकारी तपाईंको अनलाइनमा अपडेट भइरहने छ । साथै यसले सरकारी एजेन्सीमार्फत प्राप्त जानकारी तथा सोसल मिडियामार्फत प्राप्त तपाईंको व्यवहारको जानकारी गराउनेछ । शुरुमा चीनको नागरिकको हैसियतले १००० प्वान्ट दिइनेछ । पछि गएर सरकार तथा कानूनको नजरमा राम्रो काम गरेमा तपाईंलाई ५० वा १०० प्वान्ट बढी दिइनेछ । तर रेड लाइट क्रस गरेमा, एक्सीडेन्ट गराएमा वा लडाई झगडा गरेमा ५० प्वान्ट घटाइनेछ । सोसल मीडियामा खराब व्यवहार देखाएमा १०० प्वान्ट काटिनेछ । प्वान्टको आधारमा नागरिकको ए, बी, सी, या डी जस्ता चारवटा डिभिजनमा विभाजन गरिएको छ ।

यिनै प्वान्टको आधारमा शिक्षा, स्वास्थ्य जस्ता योजनामा लाभ मिल्नेछ । ए तथा बी डिभिजनमा हुने व्यक्तिहरुका लागि सरकारी योजनामा छुट समेत मिल्नेछ । साथै सी तथा डी भिडिजनमा हुने व्यक्ति हरुले माथि उल्लेखित योजनामा कुनै प्रकारको सहुुलियत प्राप्त गर्ने छैनन ।

यस मार्फत हरेक नागरिकमा सरकारी योजनाको फाइदा पुु¥याउन तथा राष्ट्रिय सुरक्षा प्रदान गर्नमा चीन सरकार दुनियाँमा सर्वश्रेष्ठ रहने दावा गरिरहेको छ । क्राइम तथा आतंकवादविरुद्ध यो सिस्टम सबैभन्दा ठूूलो हतियार हुनेछ ।

यो सिस्टमलाई चीनका केही संस्थाहरुले भने विरोध जनाएका छन् ।

Leave a Reply