Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय > आगामी वर्षदेखि कोरियाका कामदारको तलबमा १६ प्रतिशतले वृद्धि हुने

आगामी वर्षदेखि कोरियाका कामदारको तलबमा १६ प्रतिशतले वृद्धि हुने

पुस १६ । कोरिया सरकारले आगामी वर्ष सन् २०१८ देखि लागूू हुने गरी कामदारको तलब १६ प्रतिशत वृद्धि गर्ने भएको छ । सन् २०१८ का लागि जुलाईको अन्तिममा निर्धारण गरेको ज्यालादर मन्त्रीपरिषद्ले अनुुमोदन गरेपछि यो नयाँ ज्यालादर नयाँ वर्षसँगै लागूू हुनेछ ।

कामदारको तलब वृद्धिपछि प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको छ । नेपालमा हालको विनिमय दर अनुुसार उक्त पारिश्रमिक मासिक डेढ लाख रुपियाँ हुन आउँछ ।

मजदूर संगठनहरुले प्रतिघण्टा दश हजार कोरियन वन माग गरेता पनि ज्याला निर्धारण समितिले २०१७ का लागि कायम तलब भन्दा दोब्बर वृद्धि गरेको छ ।

नयाँ तलब वृद्धिले कोरियामा इपिएस प्रणालीमार्फत गएका ४० हजार भन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।

Leave a Reply