Tuesday, April 24, 2018
Home > विचित्र विश्व > मुसाको बथानले अपांग बच्चीलाई जिउँदै खाए !

मुसाको बथानले अपांग बच्चीलाई जिउँदै खाए !

१४ वर्षकी अपांग बच्ची कोठामा एक्लै सुतिरहेकी थिइन् । तब मुसाको बथानले उनीमाथि हमला गरेर जिउँदै खाए । १४ वर्षकी अपांग बच्ची कोठामा एक्लै सुतिरहेकी थिइन् । तब मुसाको बथानले उनीमाथि हमला गरेर जिउँदै खाए ।

बच्चीको पिता जब कोठामा आए त आफ्नी छोरीलाई रगतले लतपतिएको पाए । तत्कालै उनले अस्पतालमा भर्ना गराए तर उनको अवस्था अझै पनि गम्भीर छ ।

डाक्टरले बताए कि बच्चीको शरीरको २२५ ठाउँमा घाउ बनिसकेको छ र उनका औंलाहरु मुसाहरुले यति नराम्रोसित खाइदिए कि त्यसलाई ठीक गर्न असम्भव छ ।

यो घटना फ्रान्सको रुबे शहरमा भएको हो । पीडित बच्चीको नाम समान्था हो । स्थानीय अखबर कुरियर–पिकार्डका अनुसार बच्चीको बाबुले घर मालिक र शहर विरुद्ध मुद्दा दायर गरेका छन् ।

उनको आरोप छ कि कैयौंपटक शिकायत गर्दा पनि घरको नजिकै रहेको पार्किङ एरियामा जम्मा रहेको फोहोर कहिल्यै हटाइएन जसका कारण त्यहाँ मुसाको बथान नै जम्मा भएको छ ।

One thought on “मुसाको बथानले अपांग बच्चीलाई जिउँदै खाए !

Leave a Reply